Ipo.aspx merolagani - धनगढीका मेयरकी सम्पर्कविहिन छोरी भेटिइन, स्टाटस लेख्दै भने-छोरी गोवामा सकुशल भेटिइन्,खोजी कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद

धनगढीका मेयरकी सम्पर्कविहिन छोरी भेटिइन, स्टाटस लेख्दै भने-छोरी गोवामा सकुशल भेटिइन्,खोजी कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद

Mar 27, 2024 12:34 PM Merolagani

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालकी सम्पर्कविहिन भएकी छोरी भेटिएकी छिन् । बुधबार बिहान छोरी भेटिएको मेयर हमालले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । सबैलाई धन्यवाद मंगलबार दिउँसो सामाजिक संजालमा एक स्टाटस लेख्दै मेयर हमालले छोरीको खोजी गरिदिन आग्रह गरेका थिए ।

तर केहि समय अघि अर्को स्टाटस लेख्दै उनले छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको बताएका छन् । मेयर हमालले सबैको खोजीको प्रयासले छोरी भेटिएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्,"सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।"

comments powered by Disqus

दुर्गा प्रसाईंले अदालतबाट ‘न्याय’ पाउंँदा बैंकिङ क्षेत्र तरगिंत, अब डा. गोविन्द केसी के गर्लान्?

Mar 26, 2024 08:11 AM

सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।