Ipo.aspx merolagani - ‘ट्रेण्डिङ’ मा रहेका महेश बस्नेत, नेपालका वामपन्थीहरुमा हुर्कदो यौन अराजकता, मोहन बिक्रम हुँदै महरादेखि महरसम्म

‘ट्रेण्डिङ’ मा रहेका महेश बस्नेत, नेपालका वामपन्थीहरुमा हुर्कदो यौन अराजकता, मोहन बिक्रम हुँदै महरादेखि महरसम्म

Apr 08, 2024 06:02 PM Merolagani

आइतबारदेखि महेश बस्नेत काण्ड सामाजिक संजालमा मात्र होइन, संचारमाध्यम र चिया गफमा समेत ‘ट्रेण्डिङ’ मा छ । यद्धपी उनको काण्डको बारेमा केही महिनादेखि चर्चा चलिरहेको थियाे ।

आइतबार भने मुद्दा नै दर्ता भयो । किनकी बस्नेत एमालेको युवा पङितका तेज तर्रार नेता मात्र होइन, ‘बा’ का खास भित्रिया पनि हुन् । त्यो आधारमा बस्नेत विरुद्ध बलत्कारको मुद्दा दर्ता भएको घटनाले चर्चा पाउनु अन्यथा होइन ।

प्राकृतिक प्रकृया संचालनको लागि सबैभन्दा महत्वपूर्ण मानिने यौन यस्तो ‘चिज’ हो, जसप्रति ‘टिनएज’ देखि नै मानिसको आकर्षण रहेको हुन्छ । ‘भगवानको पालादेखि’ नै यौन प्रतिको उत्सुकता र अराजकता रहँदै आएको पाइन्छ । यौन प्रतिको उत्सुकता हुनु अन्यथा होइन, मान्नु हुँदैन तर, त्यसलाई नियन्त्रित र व्यवस्थित गर्न नसक्दा विश्वका धेरै शक्तिशाली शासकहरु र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुका जीवन नै धाराशायी भएका अनेकौं घटना पाइन्छ । विश्वका अरु देशसँग नेपालको सन्दर्भ फरक कति छ भने अरु देशमा अन्य राजनीतिक पृष्ठभूमीका व्यक्तिहरु यौनकाण्डमा धेरै मुछिएका पाइन्छन् जबकी नेपालमा भने वामपन्थी पृष्ठभूमीका नेता कार्यकर्ताहरु यो वा त्यो कोणबाट यौन काण्डमा धेरै मुछिएका छन् । जबकी बामपन्थी दर्शनमा यौनलाई अत्यन्त सम्मानित स्थान दिइएको र महिलामाथि हुने सबैखालका यौन उत्पीडनहरुलाई कठोर दण्डनिय मानिएको छ ।

वामपन्थी दर्शनका सर्जक विश्वकै महानतम दार्शनिक कार्ल माक्र्स, फ्रेडरिग एंगेल्स, लेनिन, चे ग्वेभारा, फिडेल क्याष्ट्रो मात्र नभएर नेपालकै पुष्पलाल, मनमोहन अधिकारीदेखि मदन भण्डारीसम्मले यौन अराजकतालाई अति नै गम्भिरतासाथ लिने गरेको पाइन्छ । त्यसका वावजूद पनि पंचायतकालदेखि नै नेपालका वामपन्थी आन्दोलनमा यौन अराजकता झाँगिएको पाइन्छ । आफ्नो यौन कुण्ठा वा अराजकतालाई नियन्त्रण गर्न नसक्दा धेरै क्षमतावान वामपन्थी नेता कार्यकर्ताहरु उठ्नै नसक्ने गरि पतन भएका अनेकौं दृष्टान्त छन् ।

यस्तो दृष्टान्त खोजी गर्ने हो भने निकै लामो सूची बन्छ । उदाहरणको लागि पुरानो पुस्ताका मोहन बिक्रम सिंहदेखि मोदनाथ प्रश्रितसम्म, पंचायत कालको बहुचर्चित नख्खु जेल विद्रोहका एक नायक रहेका जीवन मगरदेखि माओवादी आन्दोलनका चर्चित नेता रविन्द्र श्रेष्ठ र कृष्णबहादुर महरासम्म र पछिल्लो समय एमालेका युवा नेताहरु ऐन महरदेखि महेश बस्नेतसम्मका नेता कार्यकर्ताहरुलाई लिन सकिन्छ ।

निश्चय पनि कसैले कसैलाई आरोप लगाउदैँमा त्यो सही हो भन्ने हुँदैन । पछिल्लो समय ‘हनी ट्रयाप’ का घटनाहरु पनि बढ्दो छ । तर, महरा, महर र बस्नेतहरुमाथि जुन तथ्यसहित आरोपहरु लगाइएको छ, ती फगत आरोप मात्र होइन भन्ने स्पष्ट छ । अर्थात उनीहरुले आफूमा रहेको यौन उन्मादलाई व्यवस्थित गर्न नसक्दा अपराधकर्ममा लिप्त भएको अहिलेसम्म सार्वजनिक भएका भनिएका तथ्यहरुले देखाउँछ ।

अर्काे गजबको कुरा यौन अपराधमा मुछिनेहरुमा अधिकाँश विवाहित पुरुष नेताहरु र अविवाहित महिला कार्यकर्ताहरु छन् । सम्वन्धित नेता विवाहित हो, घरमा श्रीमती छोरा छोरी छन् थाहा पाउँदा पाउँदै पनि महिला कार्यकर्ताहरु त्यस्ता ‘नेता कामरेड’ हरु किन लहसिन्छन् ? यो प्रश्न जति पेचिलो छ, त्यो भन्दा पनि पेचिलो प्रश्न नेपालीको भाग्य र भविश्य बदल्छु भन्दै राजनीति गर्ने तेज तर्रार नेताहरु किन आफ्नो मान, सम्मान, इज्जत प्रतिष्ठा र श्रीमती, छोराछोरी र आफैलाई सर्वनाश गर्ने गरि लिप्त भएर विवाहइतर सम्वन्धमा मग्न हुन्छन् भन्ने हो ।

सुन्दा र पढ्दा अलि असहज लाग्न सक्छ, तर नेपालमा बुढापाकाहरुले भन्ने गरेको एउटा मिथक छ-थुतुनो र ..जोगाउन नसक्नेले आफैलाई सिध्याउँछ । महरादेखि महेश बस्नेतहरुसम्मका नेताहरुको ‘यौन लिला’ ले त्यहीकुरा प्रष्ट पार्छ । त्यसैले यौनप्रति जिज्ञासु हुनु, विपरित लिङगी प्रति आकर्षित हुनु प्राकृतिक नियम हो । तर, त्यो नियमका आफ्नै विशिष्ठ विधि, विधान र प्रकृयाहरु हुन्छन् । त्यसलाई मिचेर अगाडि बढ्दाको परिणाम के हुन्छ, अहिलेको लागि महरा र महेश बस्नेतहरुको अनुहार सम्झिए पुग्छ ।

comments powered by Disqus

यसाे गरियाे भने नेप्से इण्डेक्स कनि कनि २ हजारको हाराहारीमा होइन, त्यसको दोब्बर, तेब्बर अंकमा पुग्नेछ

Apr 07, 2024 06:45 PM

बाबुराम ढकाल
एउटा स्कुलमा जानु पर्ने थियो, तोकिएको समयभन्दा अलि छिटो पुगेछु । यस्सो टहल्दै थिएँ, स्कुलको मेन ढोकाका गार्ड मोवाइलमा घोत्लिएको देखेपछि लाग्यो, उनले कुनै उटपट्याङ भिडिओ हेर्दै होलान वा फेसबुकमा च्याट गर्दै होलान् ।