Ipo.aspx merolagani - नेप्से करिब स्थिर, वित्त उपसमूहको परिसूचक भने उच्च बढ्यो

नेप्से करिब स्थिर, वित्त उपसमूहको परिसूचक भने उच्च बढ्यो

Apr 29, 2024 03:10 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से करिब स्थिर रहेको छ। दिनभरीको उतारचढावपश्चात अन्तिम समयमा नेप्से झिनो अंकले सकारात्मक भएर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४६ हजार ५११ पटकको कारोबारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से झिनो अंकले सकारात्मक भएपनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक नकारात्मक रहेको छ।

सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको साढे १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने जानकी फाइनान्सको कारोबार रकम ९ करोड नाघेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।