Ipo.aspx merolagani - ८ कारोबार दिनपछि २००० विन्दुभन्दा माथि नेप्से, भोल्यूम पनि बढ्यो

८ कारोबार दिनपछि २००० विन्दुभन्दा माथि नेप्से, भोल्यूम पनि बढ्यो

Apr 30, 2024 03:09 PM Merolagani

मंगलबार नेप्से परिसूचक बढेर २००० विन्दुभन्दा माथि बन्द भएको छ। पछिल्ला ८ कारोबार दिनदेखि २००० भन्दा मुनि कारोबार भइरहेको नेप्से, यस दिन १.३० प्रतिशत बढेर सो विन्दुभन्दा माथि पुगेको हो।

यस दिन नेप्से परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक बढेको छ।

यस दिन नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७५ हजार २७१ पटकको कारोबारमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। पछिल्ला दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको पोखरा फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.९० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशत घटेको हो।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।