Ipo.aspx merolagani - नेप्से र कारोबार रकम दुबै घट्यो

नेप्से र कारोबार रकम दुबै घट्यो

May 05, 2024 03:12 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २४.५८ अंक घटेर १९७४.३७ विन्दु झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६० हजार ५२३ पटकको कारोबारमा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको ९७ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दोल्टी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन साधना लघुवित्त र समता लघुवित्तको शेयरमूल्य ८.७२ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.९२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब १२ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम साढे ११ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।