Ipo.aspx merolagani - निक्षेपकर्ताले कुन बैंकलाई गर्छन सबैभन्दा धेरै विश्वास? नेपाल बैंकको ८२ प्रतिशत निक्षेप सर्वसाधारणको

निक्षेपकर्ताले कुन बैंकलाई गर्छन सबैभन्दा धेरै विश्वास? नेपाल बैंकको ८२ प्रतिशत निक्षेप सर्वसाधारणको

Jun 01, 2024 07:07 PM Merolagani

वाणिज्य बैंकहरुको कुल निक्षेपको ५० प्रतिशतदेखि ८२ प्रतिशतसम्म निक्षेप सर्वसाधारणको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार नेपाल बैंकमा सबैभन्दा धेरै ८२ प्रतिशत निक्षेप सर्वसाधारणको छ भने नेपाल एसविआई बैंकको सबैभन्दा कम ५०.०३ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकको चैतसम्मको तथ्याँक अनुसार बैंकहरुको कुल निक्षेपमा ६१.७० प्रतिशत निक्षेप सर्वसाधारणकाे रहेको छ। वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ४३ करोड रुपैयाँमा ३३ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणको छ। अन्य ३९.३० प्रतिशत निक्षेप भने संस्थागत र अन्य निक्षेपकर्ताको छ।

तथ्याँक अनुसार चैतसम्ममा नेपाल बैंकको पब्लिक डिपोजिट सबैभन्दा धेरै छ। बैंकको कुल २ खर्ब ६२ अर्ब निक्षेपमा २ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणको छ जुन कुल निक्षेपको ८२.२४ प्रतिशत हो।

यस्तै माछापुच्छ्रे बैंकको कुल १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेपमा १ अर्ब ११ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणको छ जुन कुल निक्षेपको ७२.७४ प्रतिशत हो। यस्तै लक्ष्मी सनराइजको पनि ३ खर्ब १५ अर्ब रुपैयाँ निक्षेपमा २ खर्ब १५ अर्ब निक्षेप सर्वसाधारणको छ जुन कुल निक्षेपको ६८.१९ प्रतिशत हो।

राष्ट्रिय वाणिज्य बैंकको पब्लिक डिपोजिट ६७.४४ प्रतिशत छ भने ग्लोबल आइएमई बैंकको ६७.०१ प्रतिशत र सिटिजन्स बैंकको ६६.३६ प्रतिशत छ।

नेपाल एसबिआइ बैंकमा भने पब्लिक डिपोजिट सबैभन्दा कम छ। उसको कुल १ खर्ब ७४ अर्ब निक्षेपमा ८७ अर्ब रुपैयाँ निक्षेप सर्बसाधारणको छ जुन कुल निक्षेपको ६१.७० प्रतिशत हो।

यस्तै हिमालयन बैंकको पनि पब्लिक डिपोजिट ५०.४८ प्रतिशत छ भने प्राइम बैंकको ५२.९७ प्रतिशत र कुमारी बैंकको ५३.२४ प्रतिशत रहेको छ।

comments powered by Disqus

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

May 30, 2024 01:41 PM

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिनेलाई पक्राउ पुर्जी जारी गरिएकाे छ । सिराेहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाललाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हाे ।