Ipo.aspx merolagani - नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jun 02, 2024 11:19 AM Merolagani


नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।

इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५% अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

comments powered by Disqus

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

May 30, 2024 01:41 PM

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिनेलाई पक्राउ पुर्जी जारी गरिएकाे छ । सिराेहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाललाई जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हाे ।