Ipo.aspx merolagani - सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि सामान्य बढ्यो

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम पनि सामान्य बढ्यो

Jun 04, 2024 03:08 PM Merolagani

मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ६.२२ अंक बढेर २०८५.३० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५३ हजार ९९९ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको ८३ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १३१ रुपैयाँ ५० पैसा बढेर १ हजार ४४६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब १३ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर र युनाइटेड अजोड इन्स्योरेन्सको करिब १२ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। यस दिन जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

comments powered by Disqus

मोदी सरकारको नयाँ रेकर्ड, ८ हजार करोड सम्पत्तिका मालिक पेम्मासानी मन्त्री बने, दक्षिण एशियाकै सबैभन्दा धनी मन्त्री

Jun 09, 2024 10:18 PM

भारतमा मोदी सरकारको तेस्रो कार्यकाल शुरु भएको छ । आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीसहित ७२ मन्त्रीहरुले सपथ लिएका छन् । सन् २०१४ र २०१९ मा एकल वहुमत ल्याएको भातिय जनता पार्टीले यसपटक वहुमत गुमाएको छ तर एनडिए गठवन्धनको आधारमा भाजपाले आधा दर्जन सहयोगी दलहरुसँग मिलेर सरकार गठन गरेको हो ।