Ipo.aspx merolagani - नेप्सेले दियो गिरावटलाई निरन्तरता

नेप्सेले दियो गिरावटलाई निरन्तरता

Jun 06, 2024 03:09 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक १.९३ अंक घटेर २०७७.७८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ९९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ५८ हजार ७४८ पटकको कारोबारमा ४ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको ८६ लाख ८२ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इमर्जिङ्ग नेपाल, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १४ करोडको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम १४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०८ प्रतिशत घटेको छ।

comments powered by Disqus

मोदी सरकारको नयाँ रेकर्ड, ८ हजार करोड सम्पत्तिका मालिक पेम्मासानी मन्त्री बने, दक्षिण एशियाकै सबैभन्दा धनी मन्त्री

Jun 09, 2024 10:18 PM

भारतमा मोदी सरकारको तेस्रो कार्यकाल शुरु भएको छ । आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीसहित ७२ मन्त्रीहरुले सपथ लिएका छन् । सन् २०१४ र २०१९ मा एकल वहुमत ल्याएको भातिय जनता पार्टीले यसपटक वहुमत गुमाएको छ तर एनडिए गठवन्धनको आधारमा भाजपाले आधा दर्जन सहयोगी दलहरुसँग मिलेर सरकार गठन गरेको हो ।