Ipo.aspx merolagani - नेप्से र कारोबार रकम सामान्य घट्यो

नेप्से र कारोबार रकम सामान्य घट्यो

Jun 05, 2024 03:08 PM Merolagani

बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ५.५८ अंक घटेर २०७९.७१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ४९ हजार ७३३ पटकको कारोबारमा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९० रुपैयाँ ४० पैसा बढेर ९९४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माइ खोला हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ५.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोडबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब साढे १८ करोडको शेयर खरिदबिक्री भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब १७ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक भने स्थिर रहेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशत बढेको छ भने लघुवित्त उपसमूहको परिसूचक १.३१ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ।

comments powered by Disqus

मोदी सरकारको नयाँ रेकर्ड, ८ हजार करोड सम्पत्तिका मालिक पेम्मासानी मन्त्री बने, दक्षिण एशियाकै सबैभन्दा धनी मन्त्री

Jun 09, 2024 10:18 PM

भारतमा मोदी सरकारको तेस्रो कार्यकाल शुरु भएको छ । आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीसहित ७२ मन्त्रीहरुले सपथ लिएका छन् । सन् २०१४ र २०१९ मा एकल वहुमत ल्याएको भातिय जनता पार्टीले यसपटक वहुमत गुमाएको छ तर एनडिए गठवन्धनको आधारमा भाजपाले आधा दर्जन सहयोगी दलहरुसँग मिलेर सरकार गठन गरेको हो ।