Ipo.aspx merolagani - एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न विजय लघुवित्तले बोलायो साधारण सभा

एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न विजय लघुवित्तले बोलायो साधारण सभा

Jun 23, 2024 08:43 AM Merolagani

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले असार ३० गते, आइतबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले एफपीओ निष्काशन गर्ने, सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने जस्ता सामान्य प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 
comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।