Ipo.aspx merolagani - सिटि होटलको आम्दानी सामान्य बढ्यो, नोक्सानी घट्यो

सिटि होटलको आम्दानी सामान्य बढ्यो, नोक्सानी घट्यो

Aug 14, 2024 04:47 AM Merolagani

सिटि होटल लिमिटेड (CITY) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलले ५० करोड ४२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष होटलको सञ्चालन आम्दानी ४७ करोड ३१ लाख रुपैयाँ थियो।

आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण होटलको नोक्सानी घटेको छ। अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको यस होटल, गत आर्थिक वर्ष २० करोड ४७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

समीक्षा अवधिमा होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेको छ। त्यस्तै, होटलको कुल खर्च २.८१ प्रतिशत बढेको छ भने वित्तीय खर्च ७.३९ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ५६ पैसा रहेको छ। १ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।