Ipo.aspx merolagani - वित्तीय खर्च बढ्दा कालिञ्चोक दर्शनको नाफामा दबाब

वित्तीय खर्च बढ्दा कालिञ्चोक दर्शनको नाफामा दबाब

Aug 15, 2024 05:20 AM Merolagani

कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.२२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ७.७५ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २१.७३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ पैसा बढेर ४ रुपैयाँ ४७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा रहेको छ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।