Ipo.aspx merolagani - ओरियन्टल होटलको आम्दानी १ अर्ब नाघ्यो, नाफा धनात्मक

ओरियन्टल होटलको आम्दानी १ अर्ब नाघ्यो, नाफा धनात्मक

Aug 17, 2023 09:46 AM Merolagani

ओरियन्टल होटल लिमिटेड (OHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी १ अर्ब नाघेको छ भने खुद नाफा धनात्मक भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ सञ्चालनमार्फत आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा ९१.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५७ करोड २ लाख रुपैयाँ थियो।

सञ्चालन आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको खुद नाफा गत आर्थिक वर्षमा १७ करोड ८४ लाख रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १०३.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी १४०.१८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा ८०६.८५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपेयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ७ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ।

१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ४ करोड ९९ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।