Ipo.aspx merolagani - शतप्रतिशत बढ्यो तारागाउँ रिजेन्सीको खुद नाफा

शतप्रतिशत बढ्यो तारागाउँ रिजेन्सीको खुद नाफा

Aug 18, 2023 08:15 AM Merolagani

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.८० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ९९.७१ प्रतिशत बढेर १ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा १९.७२ प्रतिशत बढेर १८ करोड ७० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ८४.९८ प्रतिशत बढेर १ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा बढेर २० रुपेयाँ २८ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.९७ गुणा रहेको छ।

१ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।