Ipo.aspx merolagani - वित्तीय शुल्क घट्दा नेपाल रिपब्लिक मिडियाको नाफा उल्लेख्य बढ्यो

वित्तीय शुल्क घट्दा नेपाल रिपब्लिक मिडियाको नाफा उल्लेख्य बढ्यो

Aug 15, 2024 05:39 AM Merolagani

नेपाल रिपब्लिक मिडिया लिमिटेड (NRM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४० लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८८.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा १० लाख ५० हजार रुपैयाँ मात्र थियो।

आम्दानी घटेपनि वित्तीय शुल्क घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.३० प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा २९.०३ प्रतिशत र सञ्चालन मुनाफा २१.६० प्रतिशत घटेको छ। कम्पनीको वित्तीय शुल्क ६ करोड २४ लाख रुपैयाँबाट घटेर ३ करोड ७१ लाख रुपैयाँमा झरेको छ। जसका कारण आम्दानी घटेपनि खुद नाफा बढेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर ४२ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ७७ पैसा रहेको छ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।