Ipo.aspx merolagani - नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी

Aug 15, 2024 06:00 AM Merolagani

नेपाल टेलिकम (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.३२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

२०० रुपैयाँ मुनिका कम्पनी नेप्सेको सूचीबाट हराए, २०० र ३०० रुपैयाँ बीचका कम्पनी भने अझै २७ वटा

Aug 12, 2024 05:37 AM

बाबुकृष्ण महर्जन
सत्ता समीकरणसँगै बढ्न थालेको शेयर बजारले आइतबार २८ सयको विन्दुलाई पार गरेर २८६०.८४ विन्दुमा बन्द भएको छ । ‘लो क्याप’ कम्पनीहरुको मूल्य उच्च हुँदै गएपछि लगानीकर्ताहरुले ‘हाइ क्याप’ सँगै ‘लो भ्यालु’ कम्पनीमा आँखा लगाउन थालेका छन् ।