Ipo.aspx merolagani - सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य समायोजन

Aug 23, 2024 06:32 AM Merolagani

भदौ ७ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) को इकाईमूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले फण्डको १२.५० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ७२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार फण्डको इकाई ११ रुपेयाँ ९७ पैसामा अन्तिम कारोबार भएको हो।

समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको इकाई कारोबार खुल्नेछ।

comments powered by Disqus

आकाशमा उडिरहेकाे जहाजका पाइलटले ल्याण्डिङ गर्न आउँदैन भनेपछि मच्चियाे काेलाहल

Aug 20, 2024 08:02 PM

जहाज आकाशमा उडिरहेकाे थियाे । अचानक पाइलट ककपिटबाट बाहिर निस्कन्छन् र यात्रुहरूलाई भन्छन्, "मलाई विमान अवतरण गर्ने तालिम दिइएको छैन।" यात्रुहरू तीन छक्क पर्छन् । कल्पना गराैँ त, कस्ताे भयावह अवस्था हुन्छ?