Ipo.aspx merolagani - दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिज बीच टसल, दीपेन्द्रले दिए नेप्सेमा उजुरी, दोषी को ?

दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिज बीच टसल, दीपेन्द्रले दिए नेप्सेमा उजुरी, दोषी को ?

Sep 23, 2024 02:22 PM merolagani

ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज र दीपेन्द्र अग्रवाल बीच हिसाब राफसाफको विषयमा भएकाे लफडा सतहमा आएकाे छ।

ब्रोकर कम्पनीले दीपेन्द्र अग्रवालले १६ करोडको चेक लिएर भागेको भन्दै सबै ब्रोकरलाई सम्बोधन गर्दै दीपेन्द्र अग्रवालको कारोबार नगर्न नगराउन अनुरोध गरेको छ।

उता दीपेन्द्र अग्रवालले भने आफूले चेक लिएर भाग्ने कुरा परै जाओस् उल्टै सिप्लासँग आफूले पैसा लिन बाँकी रहेको दाबी गरेका छन्। उनले पैसा लिन मात्रै नभएर शिल्पाका सञ्चालक किशन अग्रवालको विषयमा भण्डाफोर गर्ने समेत बताएका छन्। दीपेन्द्रका अनुसार किशनको विरुद्धमा नेप्सेमा उजुरी गरेका छन। उजुरी दर्ता हुने बित्तिकै सामाजिक सञ्जालमा उक्त उजुरी राखेका छन्। तर यता शिल्पाका सञ्चालक किशन अग्रवाललाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

   

 

comments powered by Disqus