Ipo.aspx merolagani - खर्च घटेपछि सिंगटी हाइड्रोको नाफा बढ्यो

खर्च घटेपछि सिंगटी हाइड्रोको नाफा बढ्यो

Nov 11, 2024 09:16 AM Merolagani

सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी थोरै घटेपनि खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२८ प्रतिशत घटेर २६ करोड ३५ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०५ प्रतिशत घटेको छ भने कुल आम्दानी ०.८१ प्रतिशत बढेको छ। अन्य आम्दानी बढेका कारण कम्पनीको कुल आम्दानी बढ्न पुगेको हो।

नाफा उल्लेख्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसा मात्र बढेको छ। हकप्रद शेयर निष्काशन गरी चुक्ता पूँजी शतप्रतिशत बढेका कारण कम्पनीको प्रतिशेयर आम्दानीमा दबाब पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.५४ गुणा रहेको छ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ४० लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

अमेरिका ‘वस्न लायक देश नरहेको’ भन्दै एलन मस्ककी छोरीद्धारा देश छोड्ने घोषणा

Nov 10, 2024 02:38 PM

अमेरिकामा राष्ट्रपतिको चुनाव परिणाम पछि सबैभन्दा धेरै खुसी हुने कोही छ भने त्यो एलन मस्क हुन् । संसारकै सबैभन्दा धनी मस्कले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउने के मात्रै गरेनन् ? उनकै दह्रो सहयोग पाएका ट्रम्पले चुनाव जिते र अब निर्वाचित राष्ट्रपति ट्रम्पले उनकै ‘रबर स्टाम्प’ जस्तो भएर काम गर्ने सम्भावना देखिदैंछ ।