Ipo.aspx merolagani - निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, वित्त उपसमूहको परिसूचक भने सर्वाधिक बढ्यो

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, वित्त उपसमूहको परिसूचक भने सर्वाधिक बढ्यो

Jan 27, 2025 03:08 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १०.६६ अंक घटेर २६३३.२७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ८७ हजार ५६४ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँबराबरको १ करोड ७२ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५८ रुपैयाँ ५० पैसा बढेर ६४३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २९ करोड ८३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब साढे २८ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २७ करोडको शेयर किनबेच भएको छ।

comments powered by Disqus

एलन मस्कको एउटा शब्दले पाकिस्तानको ‘इगो हर्ट’, माफी नमागे परिणाम गम्भिर हुने चेतावनी

Jan 27, 2025 06:05 AM

भनिन्छ कसैले पनि कसैको ‘इगो हर्ट’ गर्नु हुँदैन । अर्थात जब कसैले अरु कसैको व्यवहारको कारण आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गर्छ, तब उस्ले आफूले मौका पाउनासाथ त्यस्तो व्यक्तिसँग प्रतिशोध लिन्छ र त्यसले दुखद परिणाम निम्त्याउँछ ।