Ipo.aspx merolagani - यसकारण आयो बजारमा उत्साह !

यसकारण आयो बजारमा उत्साह !

Mar 02, 2025 05:14 PM Merolagani

पछिल्ला नौ कारोबार दिनदेखि शेयर बजार निरन्तर रुपमा बढ्दो गतिमा रहेको छ । आइतबारको बजार ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ भने १४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आइतबार करिब आधा दर्जन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढेको छ । बजारमा लगानीकर्ताहरुले फन्डामेन्टल कम्पनीहरु नै रोजाईमा राखेको देखिन्छ । लामो समयसम्म हाई क्याप कम्पनी बढ्दा बजार उत्साहजनक रुपमा बढेको हो । संस्थागत लगानीकर्ताको प्रवेश हुँदा बजारले सन्तुलित गति निर्धारण गरेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । विगतमा लगानीकर्ताहरुसँग पैसा भएरपनि लगानी गर्न हिच्किचाएका थिए ।

मौद्रिक नीतिकाे समीक्षाले बजारका माग सम्बाेधन गरी बजार अनुकुल आउनु र नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल सकिदै गर्दा पनि लगानीकर्तामा बजार प्रति विश्वास बढेको ढकालको भनाइ छ । समग्रमा हेर्दा बजार बुल रनमा प्रवेश गरेको छ । बजार लामो करेक्सन र साइडवेजलाई छिचोल्दै २९ सयको वरपर पुगेको हो । फन्डामेन्टल आधार बलिया भएका कम्पनीहरु चल्न थालेकाले बजार सुधारप्रति ढकाल आशावादी छन ।

comments powered by Disqus