Ipo.aspx merolagani - पूर्वयुवराज पारस शाहलाई हृदयघात

पूर्वयुवराज पारस शाहलाई हृदयघात

Mar 03, 2025 03:10 PM Merolagani

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । आइतबार बेलुकी आफ्नै निवासमा हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएकाे थियाे ।

जसपश्चात् शाहकाे मुटुमा स्टेन लगाइएको छ । अहिले उनकाे अवस्था सुधारोन्मुख रहेको छ । उनी अझै तीन दिन अस्पतालमै रहनेछन् ।

यसअघि पनि पूर्वयुवराज पारसलाई तीन पटक हृदयघात भएकाे थियाे । थाइल्याण्डमा रहँदा पनि पारसलाई हृदयघात भएको थियो । २०७५काे माघमा हृदयघात हुँदा पनि उनको नर्भिक अस्पतालमै उपचार गरिएको थियो । त्यस्तै, अर्को एक पटक पनि उनलाई हृदयघात भएकाे थियाे ।

 

comments powered by Disqus