Ipo.aspx merolagani - ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजका अध्यक्ष पौडेलको निधन

ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजका अध्यक्ष पौडेलको निधन

Mar 27, 2025 05:43 PM MeroLagani

४९ नम्बरको ब्रोकरको रुपमा कारोबार गर्ने अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ।


दीर्घकालीन राेग मृगौला समस्याबाट गुज्रिरहेका पौडेलको बिहीबार बिहान उनकै निवासमा निधन भएको हो। मृगौलामा समस्या देखिएपछि भारतमा मृगौला प्रत्यारोपण गरिए पनि सफल हुन नसक्दा उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। उनका पत्नी र तीन सन्तान रहेका छन् ।

 

श्रेष्ठ र ढुंगानाको राजीनामा पछि गभर्नरको दौड थप रोचक मोडमा, मुख्य दावेदार सात जनामध्ये कसलाई कसकाे साथ ?

Mar 27, 2025 06:07 AM

नेपाल राष्ट्र बै‌कका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रकृया थप रोचक मोडमा पुगेको छ । शुरुदेखि नै भावी गभर्नरको दावेदारको रुपमा हेरिएका उनले गभर्नरको दौडमा ‘औपचारिक रुपमा’ सामेल हुन  कार्यकारी निर्देशकबाट राजीनामा दिएको हुन सक्ने आशंका गरिएको छ ।