नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा यस्ताे सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । विगत चार कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तरको गिरावट भएको हो ।
यस दिन चाँदीको मूल्य स्थिर अवस्थामा छ । मंगलबार चाँदीको कारोबार सोमबारको बजारमा कायम मूल्यलाई आधार बनाएर हुनेछ । यस दिन चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।
