चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३८.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जिन बीमाशुल्क ३४६.४२ प्रतिशत बढेको छ भने कुल आम्दानी १९८.७२ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३८३.१५ प्रतिशत र कुल खर्च १९०.५९ प्रतिशत बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १ रुपैयाँ ८७ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९५.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।
७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।
