Ipo.aspx merolagani - सामान्य बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा

सामान्य बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा

May 11, 2025 09:23 AM Merolagani

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.६१ प्रतिशत बढेको छ भने कुल आम्दानी ११.५३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १३.८३ प्रतिशत र कुल खर्च १३.०९ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १२ पैसा घटेर ९ रुपैयाँ ६३ पैसामा सीमित भएको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब १८ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।