Ipo.aspx merolagani - सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

May 19, 2025 10:43 AM Merolagani

जेठ ५ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी स्थिर छ । चाँदीको मूल्य आज दोस्रो दिन स्थिर भएको हो । गत शुक्रबार कायम मूल्य लाई नै आधार मानेर चाँदी खरिदबिक्री भएको हो । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।

अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।