Ipo.aspx merolagani - 'ग्याँस सिलिण्डर साट्दा ठग्ने काम भयो, सरकारले निगरानी गरोस'

'ग्याँस सिलिण्डर साट्दा ठग्ने काम भयो, सरकारले निगरानी गरोस'

May 20, 2025 11:41 AM Merolagani

नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन । उनले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताइन । उनले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ । ग्याँसको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिण्डर साट्नुस् भनिन्छ । सिलिण्डर साट्न कसैले पाँच सय, कसैले हजार लिएर बाध्यतामा पारेर उपभोक्ताहरुले सिलिण्डर साट्छन् । सरकारको अनुगमन गर्ने निकाय छैन रु सभामुखज्युयो देशमा । ग्याँस एउटै । अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिण्डर साट्नका लागि उपभोक्ताहरुसँग किन फेरि पैसा थपिन्छ ? सरकारले यस्ता कामको निगरानी गरोस् ।’

सांसद कोईरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताइन् ।

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।