Ipo.aspx merolagani - विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Jun 03, 2025 09:15 AM Merolagani

विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ २० गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता शेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ५ लाख ४५ हजार ४६१ कित्ता शेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरी सञ्चालन गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ९ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन मा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।