Ipo.aspx merolagani - भारतीय शेयर बजारमा ‘पम्प एण्ड डम्प स्क्याम’ ले खैलाबैलाः बलिउड अभिनेता अरशद वर्सीसहित ५७ जनालाई शेयर खरिद विक्री गर्न प्रतिवन्ध

भारतीय शेयर बजारमा ‘पम्प एण्ड डम्प स्क्याम’ ले खैलाबैलाः बलिउड अभिनेता अरशद वर्सीसहित ५७ जनालाई शेयर खरिद विक्री गर्न प्रतिवन्ध

May 30, 2025 03:22 PM mero lagani

भारतीय प्रतिभूती और विनिमय वोर्ड (सेवी)ले केही वर्ष यता चलिरहेको ‘पम्प एण्ड डम्प स्क्याम’ को भण्डाफोर गरेको छ ।

त्यो अनुसार विहिबार ५७ जनाको सबै बैंक खाता रोक्का गरि साढे एक वर्षसम्म कुनै पनि प्रकारको शेयर खरिद विक्री गर्न नपाउने गरि कारवाही गरिएको छ । यो कारवाही प्रारम्भिक चरणको मात्र भएको र अहिले अनुसन्धान भैरहेकोले थप प्रमाण भेटिए उनीहरुमाथि अझ कडा कारवाही हुने सेवीले बताएको छ ।

कारवाहीमा पर्नेहरुमा चर्चित बलिउड अभिनेता अरशद वर्सी र उनकी पत्नी मारिया गोरेटीसमेत छन् ।
उनीहरुले विभिन्न सामाजिक संजालहरु तथा युट्युब च्यानलहरूमार्फत लगानीकर्तालाई गलत सूचना दिएर भ्रम फैलाएको र सर्वसाधारणलाई फसाएको दावी सेवीले गरेको छ ।

सेबीले गलत अरशद वर्सी र उनकी पत्नीले नियोजितरुपमै शेयर बजारको बारेमा भ्रमपूर्ण सूचनाहरु फैलाउने गरेको आरोप लगाएका छन् । त्यस्ता सूचनाहरु फैलाएर वर्सी, उनकी पत्नी मारियासहितका ती ५७ वटा कम्पनीहरुले जम्मा ५८.०१ करोड रुपैया गैरकानूनीरुपमा आर्जन गरेका थिए । अब तिनीहरूले अब त्यो रकम १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्नेछ भने कसुर हेरि तीमध्ये कतिपय जेलसमेत जान सक्छन् ।

सेवीले यो सबै प्रकरणको मुख्य भूमिका गौरव गुप्ता, राकेश कुमार गुप्ता र मनीष मिश्रा रहेको दावी गरेको छ । १०९ पेजको अनुसन्धान प्रतिवेदनमा लगानीकर्तालाई भ्रमित पार्ने योजनाको परिकल्पना उनीहरु ३ जना मिलेर गरेको र त्यसमा असरद वर्सीसमेत सहभागि भएको ठहर गरेको छ । सेवीका अनुसार यस सम्पूर्ण खेललाई दुई चरणमा पुरा गरिएको हो। पहिलो चरण– प्रमोटरहरू सम्पर्कित लगानीकर्ताहरूले एकआपसमा ट्रेडिङ गर्दै थिए, जसबाट क्रमशः शेयरको मूल्य बढ्यो । शेयरको लिक्विडिटी कम भएकै कारण, कम मात्रा व्यापार हुँदा पनि प्रभाव पर्यो ।

दोस्रो चरण–विभिन्न युट्युव च्यानलहरु प्रयोग गरेर लगानीकर्ताहरुमा भ्रम छर्दै कम्पनीका शेयरहरुको नियमितरुपमा खरिदविक्री गराउने प्रयास गरियो । त्यसको लागि वर्सीले मुख्य भूमिका खेलेका थिए ।

ती युट्युव च्यानलहरुमा बजारसँग मेल खाने झूठा गतिविधि समेत देखाइयो, ताकी लगानीकर्ताहरू आकर्षित हुन् । ती भिडियोजको पहुँच धेरै मानिससम्म पुगोस भनेर करोडौं रुपैयाँ खर्च गरी मार्केटिङ क्याम्पेन चलाइएको थियो।

सेवीले यो प्रकरणलाई ‘पम्प एण्ड डम्प स्क्याम’ को नाम दिएको छ । यो स्क्याममा पहिलो नै शेयरको मूल्य बृद्धि गरिन्छ र फेरि उच्च मूल्यमा बेचिदै मुनाफा कमाइन्छ । यसमा जब साना र सामान्य लगानीकर्ताले शेयर किन्छन्, तब ठूला लगानीकर्ताले तीलाई उच्च मूल्यमा बेच्छन् । सेवीका अनुसार यो योजनाबाट साना लगानीकर्ताले कम्तिमा ५० करोड रुपैयाँको गुमाएका छन्।

comments powered by Disqus