Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः करिब ३५ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब ३५ अंक बढ्यो नेप्से

May 21, 2025 10:52 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४९.०९ अंक बढेर २६७७.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३४.७९ अंक बढेर २७१२.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.७१ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १५८ स्टकको ७१३ पटकको कारोबारमा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ २० पैसाबराबरको १ लाख १८ हजार ४५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४९ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।