Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक घट्यो नेप्से

May 19, 2025 10:52 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २.७९ अंक घटेर २६०९.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३२ अंक घटेर २६०६.७३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५७ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा २५ स्टकको ४० पटकको कारोबारमा ६ लाख ४० हजार ६९९ रुपैयाँ १० पैसाबराबरको १ हजार १९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।

अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।