Ipo.aspx merolagani - आफूलाई घर न घाटको बनाइएको भन्दै विरक्तिए दुर्गा प्रसाईं, राजावादी आन्दोलनमा नलाग्ने !

आफूलाई घर न घाटको बनाइएको भन्दै विरक्तिए दुर्गा प्रसाईं, राजावादी आन्दोलनमा नलाग्ने !

May 29, 2025 02:28 PM mero lagani

चैत १५ को तीनकुने काण्ड अघि पूर्व राजा ज्ञानेन्द्रले ‘जनआन्दोलनका कमाण्डर’ तोकेका व्यवसायी दुर्गा प्रसाई अन्ततः विरक्त भएका छन् । 

तीनकुने काण्डपछि भारतमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका प्रसाईको बारेमा राजावादी समुहहरुले कुनै चासो देखाएका छैनन् । बरु तीनकुने काण्डको क्रममा भएको धनजनको क्षतिको सम्पूर्ण जिम्मेवारी प्रसाईको नै रहेको, त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य राजावादी समुहहरुको कुनै भूमिका नरहेको प्रचार गरिएको छ ।

त्यहीकारण प्रसाईले आफूलाई ‘गोटी’ मात्र बनाइएको, गलत कामको लागि जिम्मेवार ठहर्याउने, बदनाम गर्ने तर आफूले गरेका राम्रो कामको जस पनि अरुले नै लिने अवस्था भएपछि प्रसाई विरक्तिएको र अब राजनीतिक रुपमा कतै नलाग्ने निष्कर्षमा पुगेको उनको समुहका एक व्यक्तिले मेरो लगानीलाई जानकारी दिए । ‘तपाईहरुलाई जे ठीक लाग्छ, त्यही गर्नुस् तर केही अफ्ठारो पर्दा कसैले बचाउँदोरहेनछ, बरु झन पेल्दा रहेछन् भन्ने बुझ्नुस्,’ भन्दै आफूहरुलाई सन्देश पठाएको उनले बताए ।

प्रसाईले आफूलाई पर्दा सबैले उपयोग गरेको, आफ्नो शक्ति देखेर पूर्व राजा ज्ञानेन्द्र शाहले पनि गणतन्त्र फाल्न उक्साएको तर अहिले सरकारले अनेकौं आरोप लगाउँदै जेलमै सडाउने प्रयास गर्दा पनि त्यसको विरुद्ध नबोलेको बरु तीनकुने घटनाको सम्पूर्ण दोष आफूलाई दिएर शाहसहित सबै राजावादीहरु उम्किन खोजेको गुनासो आफू निकटहरुसँग गर्ने गरेका छन् । ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरुसँग उहाँको पहिलेदेखि नै सम्वन्ध राम्रो थिएन, अहिले त पूर्व राजाले पनि साथ दिन छोडे, जब उनलाई मतलव छैन, प्रसाई र हामीले मात्रै एकोहोरो बोकिरहन जरुरी छैन’ प्रसाईको निकट ती व्यक्तिले भने ।

स्मरणरहोस् प्रसाईलाई प्रहरीले चैत्र १५को घटनासँग जोडेर ५ वटा अभियोगमा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको छ । त्यहीअनुसार मुद्दा दर्ताको तयारी भइरहेको छ ।

comments powered by Disqus

राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।