Ipo.aspx merolagani - जम्मा ८०० शब्दको बजेट, १० मिनेटको बजेट भाषण !

जम्मा ८०० शब्दको बजेट, १० मिनेटको बजेट भाषण !

May 27, 2025 02:31 PM mero lagani

विश्वमा सबैभन्दा लामो र छोटो बजेट भाषणको रेकर्ड भारतीय अर्थमन्त्रीहरुको नाममा छ । 

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२० मा २ घण्टा ४२ मिनेट लामो बजेट भाषण गरेकी थिइन । जुन अहिलेसम्मको विश्व इतिहासकै सबैभन्दा लामो बजेट भाषण मानिन्छ ।

त्यस्तै सबैभन्दा छोटो बजेट भाषण सन् १९७७ मा भारतीय अर्थमन्त्री हिरुभाई मुल्जिभाई पटेलले दिएका थिए । उनको अन्तरिम बजेट भाषण जम्मा ८०० शब्दको थियो, जुन विश्व इतिहासकै सबैभन्दा छोटो बजेट भाषण हो । त्यसको लागि लामो भूमिका सहित उनले बढीमा १० मिनट खर्च गरेका थिए ।

पटेलले सार्वजनिक गरेको प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकाल असफल भएपछि मोरारजी देसाईको नेतृत्वमा बनेको नयाँ सरकारको अन्तरिम बजेट थियो । परिस्थिति विशेष भएकाले त्यतिबेलाको बजेट भाषण अत्यन्त संक्षिप्त र आवश्यक खर्च तथा राजस्व व्यवस्थापनमा केन्द्रीत थियो । उनले बजेट भाषणमा अधिकांश प्रावधानहरु पूर्व सरकारले लिएको नीतिहरुलाई समावेश गरिएको उल्लेख गर्दै केही नयाँ नीतिहरुको मात्र विश्लेषण गरेका थिए ।

comments powered by Disqus

राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, शेयर धिताेकर्जाकाे जाेखिम भार घटाइयाे (पूर्ण पाठ)

May 25, 2025 07:25 PM

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे ।