Ipo.aspx merolagani - लाभांश पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान

लाभांश पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान

Jun 03, 2025 09:53 AM Merolagani

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घाेषणा गरेकाे लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले असार १० गते, मंगलबार आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १०ः ३० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै कम्पनीको प्रस्तावित विषय उपर कुनै फेरबदल, संसोधन एंवम परिमार्जन गर्न परे सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

comments powered by Disqus

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।