Ipo.aspx merolagani - नगर प्रहरी प्रमुख पाण्डेको निलम्बनले मेयर बालेन अफ्ट्याराेमा, महानगर भित्रको विवाद थप उत्कर्षमा

नगर प्रहरी प्रमुख पाण्डेको निलम्बनले मेयर बालेन अफ्ट्याराेमा, महानगर भित्रको विवाद थप उत्कर्षमा

Jun 03, 2025 04:58 PM mero lagani

काठमाडाैं महानगरपालिका भित्रको विवाद सुल्झिनुको साटो झन बढेको छ । मंगलबार नगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गरि उनीविरुद्ध छानबिन गर्न समिति गठन गरेका छन् । 

गत चैत २१ गत आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएपछि निलम्बन गरिएको बताइएको छ । छानविन समिति गठन गरिएको बताइए पनि समितिका सदस्यहरुको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

पुरानो वसपार्कमा निर्माणाधिन भ्यू टावरको विषयमा महानगर प्रमुख साह र प्रशासकीय अधिकृत गुरागाईं बीचको विवाद उत्कर्षमा छ । गुरागाईंको साटो अर्काे प्रशासकिय अधिकृत पठाइदिन मेयर बालेनले पटक पटक गरेको अनुरोधलाई संघीय सरकारले अस्विकार गर्दै आएको छ ।

मेयर बालेनले कार्यभार सम्हालेको केही समयपछि तत्कालिन महानगर प्रमुख थानेश्वर सापकोटालाई हटाएर पाण्डेलाई निमित्त प्रहरी प्रमुख बनाएका थिए । नियमअनुसार ६ महिनासम्म निमित्त दिन सकिने भए पनि पाण्डे करिब ३ वर्षदेखि निमित्त प्रमुख भएर काम चलाइरहेका छन् । मेयर साहबाहेक अरुलाई नटेर्ने र साहको आडभरोसामा पाण्डेले मनपरि गर्ने गरेको गुनासो पटक पटक उठ्ने गरेको छ ।

उनीमाथिको कारवाहीले मेयर साहलाई थप कमजोर बनाएको छ ।


स्मरणरहोस् गुरागाईमाथि मेयर बालेनले भ्रष्टाचारको आरोप लगाए पनि पुष्टि हुन भने सकेको छैन । तर, बालेनले कुनै पनि हालतमा गुरागाईलाई स्वीकार नगर्ने अडान लिएपछि उममेयर सुनिता डंगोलसहितका सबै जनप्रतिनिधिहरु मेयर बालेनको विरुद्ध उभिएका छन् । विवादकै कारण महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् । यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।

समितिले प्रतिवेदन नदिएसम्म बढीमा ६ महिना निलम्बनमा राखिएको प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई दिएको पत्रमा उल्लेख छ । छानबिन समितिका सदस्यहरूको नाम गोप्य राखिएको छ ।

comments powered by Disqus

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।