Ipo.aspx merolagani - यातायात खुल्यो, राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

यातायात खुल्यो, राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

Jun 03, 2025 07:54 PM merolagani

 गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गर्ने निर्णय गरेको छ । केन्द्र सरकारको पत्र प्राप्त गरेसँगै बसेको प्रदेश सरकारको बैठकले यस्तो निर्णय गरेको हो ।

एक महिनाका लागि नियमावली स्थगन गरिएको र आजबाटै यातायात सुचारु गर्ने सहमति भएको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव शोभाकान्त पौडेलले जानकारी दिए ।
 
मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलपछि सो अवधिका लागि नियमावली स्थगित गर्ने र यातायात व्यवसायीसँग वार्ता गर्ने निर्णय भएको पौडेलले मेरो लगानीलाई बताए ।
 
 
 
 
 

 

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।