Ipo.aspx merolagani - यातायात खुलेपछि सर्वसाधारणको यात्रा सहजतातर्फ, एक महिनापछिको अवस्था भने अन्योलमै

यातायात खुलेपछि सर्वसाधारणको यात्रा सहजतातर्फ, एक महिनापछिको अवस्था भने अन्योलमै

Jun 04, 2025 09:53 AM Merolagani

हरिप्रसाद शर्मा

मंगलबार साँझपख गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगन गरेसँगै सार्वजनिक यातायात सुचारु हुन थालेको छ । मंगलबार साँझ देखि नै देशका विभिन्न ठाउँबाट लामो तथा छोटो दूरीका सवारी साधनहरु छुट्न थालेपछि आम सर्वसाधारण यात्रुहरुको दैनिकी सहजतातर्फ उन्मुख भएको छ ।

विभिन्न ८ वटा यातायात व्यवसायी सम्वद्ध निकायहरुले ७ बुँदे माग राख्दै गएको सोमबारदेखि यातायात व्यवसायीले काठमाडौं र देशव्यापी यातायात बन्द गरेका थिए । यातायात व्यवसायीले आफ्ना गाडीहरु घर तथा ग्यारेजमा थन्क्याएर सरकारसमक्ष आफ्ना माग पूरा गराउन सडक आन्दोलनमा उत्रिएका थिए ।

खासगरी, गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ नियमावली कार्यान्वयन भएमा आफ्नो सिन्डिकेट तोडिने भन्दै यातायात व्यवसायीले संघीय सरकारविरुद्ध नै आन्दोलनमा खनिए । संघीय सरकारअन्र्तगत भौतिक पूर्वाधार मन्त्रालय र गृह मन्त्रालयसँग निरन्तर छलफल र वार्ता भइ सहमति भए पनि आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै यातायात व्यवसायीले देशव्यापी रुपमा आन्दोलन चर्काएका थिए ।

आफ्ना गाडीहरु ग्यारेजमा थन्क्याएर सडक आन्दोलनको बाटो रोजेको यातायात व्यवसायीसामु सरकार झुकेको छ । संघीय सरकारले तत्काल राइड शेयरिङ नियमावली कार्यान्वयन स्थगन गर्न मन्त्रिपरिषद्बाटै निर्णय गराइ गण्डकी प्रदेश सरकारलाई पत्र पठाएको थियो ।

केन्द्र सरकारको पत्रउपर मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले छलफल गरेर हाललाइ एक महिनाका लागि नियमावलीको कार्यान्वयन स्थगन गर्ने निर्णयसँगै यातायात सुचारु हुन थालेका छन् ।

बुधबार बिहानै देखि सडकमा ठूला गाडीहरु देख्न सकिन्छ भने यात्रुहरुले पनि दैनिकी सहज हुन थालेको प्रतिक्रिया दिन थालेका छन् । तत्कालका लागि दैनिक सहज हुन थाले पनि आगामी एक महिनापछि यातायात व्यवसायीले पुनः आन्दोलन नगर्लान भनेर भन्न सकिने अवस्था छैन ।

एक महिनाका लागि नियमावली स्थगन गरेको गण्डकी प्रदेश सरकारले दीर्घकालसम्मका लागि नै नियमावली स्थगन गर्ला या नगर्ला ।

दीर्घकालसम्मका लागि नियमावली स्थगन गर्ने निर्णय भएमा सार्वजनिक यातायात हालकै अवस्थामा चल्नेछ । होइन, नियमावली पुनः कार्यान्वयन गर्ने प्रदेश सरकारले निर्णय गर्यो भने एक महिनापछि सार्वजनिक यातायात बन्द नहोला भन्न सकिँदैन ।

किनकी, यातायात व्यवसायीले नियमावली दीर्घकालीन रुपमा नै स्थगन गर्नुपर्ने माग राख्दै आएका छन् ।

comments powered by Disqus

ट्रेड टावरको आईपीओमा आवेदन दिने मिति लम्बियो

Jun 02, 2025 06:34 AM

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।