Ipo.aspx merolagani - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 08, 2025 06:39 AM Merolagani

जेठ २५ गते आइतबार, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स (RNLI) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात जेठ २६ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

भारतका कोलकत्ता, मुम्बईसहित विश्वभरका ४८ शहर समुन्द्रमा डुब्दै, १६ करोड मानिसलाई अन्यत्रै सार्नु पर्ने

Jun 06, 2025 12:12 PM

बढ्दो जलवायु परिवर्तनका कारण विश्वका ४८ वटा शहरहरु समुद्रमा डुब्दै गइरहेका छन् । त्यसमा बसोबास गर्ने कम्तिमा १६ करोड मानिसलाई अन्यत्र बसोवासको व्यवस्था नगरे जुनसुकै बेला खतरा आइलाग्ने एउटा अनुसन्धानले देखाएको छ ।