विशेषज्ञहरूले जहाँ जमिन डुँग्दैछ, त्यहाँ भूकम्प र बाढीको खतरा बढी हुने चेतावनी पनि दिएका छन्। डुब्दै गइरहेका शहरहरुको सूचीमा भारतका कोलकोत्ता, चेन्नई, मुम्बई, सुरत र अहमदावाद पनि छन्, जहाँ झण्डै ५ करोड मानिसको बसोबास छ ।
सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालय (एनटीयू) अनुसन्धानकर्ताहरुको टोलीले एसिया, अफ्रिका, युरोप र अमेरिकाका ४८ तटीय शहरहरूको अध्ययन गरेपछि उक्त निष्कर्ष निकालेको हो।
एनटीयूको अध्ययन अनुसार, २०१४ देखि यता कोलकाताका केही भागहरू प्रति बर्ष औसत ०.०१ सेन्टिमिटरदेखि २.८ सेन्टिमिटरसम्म डुबिरहेका छन् ।
करिब ९० लाख मानिस बसोबास गर्ने त्यो क्षेत्रमा बनाइएका घरहरु पनि कमजोर बन्दै गएका छन् ।
उक्त रिपोर्टमा कोलकोत्ताको भटापारा सबैभन्दा छिटो डुबिरहेको छ । अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले गरेको अनुसन्धानले पनि त्यो पुष्टि गरेको छ । नासाकाअनुसन्धान २०२४ मा भटमारा लगायतका कोलकत्ताका कतिपय क्षेत्रहरुमा समुद्रको स्तर ०.५९ सेन्टिमिटरले बढेको छ।
यसरी जमीन डुब्ने मुख्य कारण जमीनमुनीबाट अत्यधिकरुपमा पानी निकाल्नु हो ।
यस्तै चेन्नईका केही भागहरूमा जमिन हरेक बर्ष ०.०१ देखि ३.७ सेन्टिमिटरसम्म डुरिहेको छ। चेन्नईको थरमणी क्षेत्र सबैभन्दा छिटो डुबिरहेको छ, जहाँ १४ लाख मानिसलाई अन्यत्र बसोबासको व्यवस्था नगरे कुनै पनि बेला कुनै पनि घटना घट्न सक्ने चेतावनी अनुसन्धानकर्ताहरुले दिएका छन् ।
एनटीयूको अध्ययन अनुसार, अहमदाबादका केही भागहरू हरेक वर्ष औसतन ०.०१ सेन्टिमिटरदेखि ५.१ सेन्टिमिटरसम्म डुबिरहेको छ । यी डुब्दै गरेका क्षेत्रमा ५१ लाख मानिस बस्ने गरेका छन्।विशेषज्ञहरू जमिन डुब्ने मुख्य कारण पम्पिङमार्फत् भूजल निकासी, समुद्रको स्तर बढ्ने र बढी वर्षा हुनुलाई मानेका छन् ।
यसलाई कम गर्न अहमदाबाद नगर निगमले क्लाइमेट सिटी योजना तयार गरेको छ, जसमा वर्षाबाट पानी संचित गर्ने (स्टोरेज) र भूजल पुनःआपूर्ति जस्ता उपायहरू समावेश छन्। भूजल पुनःआपूर्ति भनेको कृत्रिम तरिकाले पानी भर्ने प्रक्रिया हो।
एनटीयूको अध्ययन अनुसार, विश्वका डुब्दै गर्ने शहरहरूको सूचीमा भारतका मुम्बई र सूरत पनि छन्।
स्मरणरहोस् नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयको भनाइ अनुसार, सबैभन्दा धेरै डुबिरहेको चीनको तियानजिन सहर । यहाँ तीव्र रुपमा औद्योगिक र पूर्वाधार विकास भएको छ। २०१४ देखि यता यो शहर हरेक वर्ष औसत १८.७ सेन्टिमिटरले डुबिरहेको छ ।
नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयकी अनुसन्धानकर्ता चेरेल टेका अनुसार डुबरिहेका धेरै शहरहरू एसिया वा दक्षिण पूर्व एसियामा छन्। यसको मुख्य कारण यहाँको तीव्र जनसंख्या वृद्धि र विकास हो।
इण्डोनेसियाको जकार्ता, थाइल्याण्डको बैंकक, भियतनामको हो ची मिन्ह सिटी र चीनको शंघाई धेरै डुबिरहेका शहरहरुको सूचीमा छन् ।
जलबायु परिवर्तनका कारण शहरहरु समुद्रमा डुब्ने क्रम कति भयानक छ भन्ने उदाहरण जकार्ता हो ।
जकार्ताका केही भागहरू १९७० को तुलनामा ४ मिटर तल पुगेका छन्। यसका कारण, इन्डोनेशियाले नुसंतारामा नयाँ राजधानी बनाएको छ ।
टोकियोले कसरी समाधान निकाल्यो ?
कुनै बेला जापानको राजधानी टोकियो समुद्रमा डुब्ने शहरहरुको सूचीमा प्रमुख थियो । तर, अहिले त्यो सुरक्षित बनेको छ । किनकी जापानले त्यसको लागि केही उल्लेखनीय कामहरु गरेको छ, जुन काम अहिलेसम्म अरुतिर हुन सकेको छैन ।
जब टोकियोका केही भागहरूमा जमिन डुब्दै गरेको तथ्य सार्वजनिक भएपछि १९७० को दशकमा, जापानले भूमिगत जल पम्पिङमा कडा नियमहरू लागू गर्यो। यसले जमिन डुब्ने समस्या कम गर्न मद्दत गर्यो।
टोकियोले जल आपूर्ति व्यवस्थापन प्रणाली स्थापना गर्यो। वैज्ञानिकहरूको भनाइ अनुसार, यो जमिन डुब्नेबाट रोक्ने सबैभन्दा प्रभावकारी तरिका देखिएको छ ।