Ipo.aspx merolagani - सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर

Jul 21, 2025 10:46 AM Merolagani

साउन ५ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला चार दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ ।

यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी आईतबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री भइरहेकाे छ । यस दिन चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

comments powered by Disqus

अब लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने, बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था गरिदै

Jul 23, 2025 02:37 PM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएसमा बैंक खाता लिङ्क गराउने भएको छ। बैंक खाता र टिएमएस लिङ्क भएपछि लगानीकर्ताको खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था धितोपत्र बोर्डले गर्न लागेको हाे।