Ipo.aspx merolagani - सुन र चाँदी दुबैको मूल्य घट्यो

सुन र चाँदी दुबैको मूल्य घट्यो

Jul 24, 2025 10:40 AM Merolagani

साउन ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बुधबार बढेको सुन र चाँदीको मूल्य यस दिन भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँ घटेको हो। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ३५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको चाँदीको मूल्य यस दिन भने घटेको हो। यस दिन चाँदी तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

अब लगानीकर्ताको बैंक खाता र टिएमएस लिङ्क हुने, बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था गरिदै

Jul 23, 2025 02:37 PM

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको टिएमएसमा बैंक खाता लिङ्क गराउने भएको छ। बैंक खाता र टिएमएस लिङ्क भएपछि लगानीकर्ताको खातामा पैसा भए मात्रै शेयर किन्न पाउने व्यवस्था धितोपत्र बोर्डले गर्न लागेको हाे।