Ipo.aspx merolagani - सुन र चाँदीको मूल्य सामान्य बढ्यो

सुन र चाँदीको मूल्य सामान्य बढ्यो

Jul 18, 2025 10:54 AM Merolagani

साउन २ गते, शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

यी हुन् गत वर्ष नेप्से ३ हजार पुगेकाे बेलाभन्दा अहिले ३ हजार पुग्दै गर्दा उच्च मूल्यमा कारोबार भइरहेका कम्पनी

Jul 24, 2025 06:24 AM

मौद्रिक नीति आउन एक दिन अगाडिबाट बढ्न थालेको बजार अहिले झन्डै ३ हजारको हाराहारीमा छ । असार २६ गते २६८० को हाराहारीमा रहेको बजार अहिले साउन ६ गतेसम्म पुग्दा २९७८.८८ विन्दुमा पुगेको छ । गत वर्ष साउनको अन्तिम दिन पनि नेप्से परिसूचक ३ हजारको विन्दुमा अडिएको थियो त्यसपछि भने नेप्सेले ओरालो गति समातेको थियो ।