Ipo.aspx merolagani - सुनको मूल्यमा भारि वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

सुनको मूल्यमा भारि वृद्धि, चाँदीले बनायो नयाँ रेकर्ड

Jul 22, 2025 10:45 AM Merolagani

साउन ६ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला पाँच दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ ।

यस दिन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । आज मंगलबार चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । गत असार ३० गते सोमबार कायम दुई हजार ३१५ रुपैयाँको रेकर्डलाई ब्रेक गरेर नयाँ उचाई कायम गरेको हो ।

comments powered by Disqus

दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।