Ipo.aspx merolagani - सामान्य बढ्यो सुन र चाँदीको मूल्य

सामान्य बढ्यो सुन र चाँदीको मूल्य

Aug 04, 2025 10:43 AM Merolagani

साउन १९ गते, सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी भने तोलाका २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

 

comments powered by Disqus

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।