Ipo.aspx merolagani - निरन्तर तेस्रो दिन बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति?

निरन्तर तेस्रो दिन बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति?

Aug 05, 2025 10:42 AM Merolagani

साउन २० गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ बढेको हो। सोमबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। सोमबार तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

comments powered by Disqus

नेपाल पुनर्बीमाले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jul 31, 2025 11:10 AM

नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औं बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।