Ipo.aspx merolagani - सुनको मूल्य सामान्य घट्यो, चाँदीकाे भने बढ्याे

सुनको मूल्य सामान्य घट्यो, चाँदीकाे भने बढ्याे

Aug 06, 2025 11:04 AM Merolagani

साउन २१ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतिताेला १०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। यस दिन चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।