Ipo.aspx merolagani - राप्ती हाइड्रोको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

राप्ती हाइड्रोको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Aug 05, 2025 06:21 AM Merolagani

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (साउन २० गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गरेको हो।

कम्पनीले सर्वसाधारण समूहको लकइनमा नरहेको ५ लाख ६४ हजार १० कित्ता र लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता गरी कुल ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गरेको हो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बुटवल, बाग्लुङ्ग, घोराही–दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।