Ipo.aspx merolagani - गणपति लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

गणपति लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Aug 05, 2025 09:09 AM Merolagani

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुव्त्तिले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.५७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४२.२६ प्रतिशत र सञ्चालन मुनाफा १६८.२७ प्रतिशत बढेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४२ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १८ रुपैयाँ १ पैसा बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।